काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।
बिहीबार प्रधानमन्त्री ओलीलाई भेट्न बालुटार पुगेका कोइरालाले झण्डै दुई घण्टा छलफल गर्दा राजीनामा दिन सुझाव दिएको कोइरालाको स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।
‘शेखर दाइ बालुवाटार पुग्दा आठ बजिसकेको थियो। दाइले प्रधानमन्त्रीज्यूलाई सुरुमै ‘म त हजुरले राजनीतिक नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भनेर बाहिर पनि भनिरहेको छु’ शेखरलाई उदृत गर्दै थपलियाले भने। जवाफमा प्रधानमन्त्रीले के भन्नुभयो त भन्ने प्रश्नमा थपलियाले भने, ‘प्रतिपक्षले भन्ने यही त हो । म यस्ता कुरा बुझ्छु भन्नभयो।’
उनीहरूबीच देशको वर्तमान राजनीतिक अवस्था र दुवैपार्टीको राजनीतिक विधिबारे पनि छलफल भएको बताइएको छ। प्रधानमन्त्री ओलीलाई प्रतिपक्षी दलका नेताहरूले भन्दा पनि आफ्नै पार्टीका नेताहरूले असहयोग गरेको, नचाहिने हल्ला फैलाइरहेको भनेर शेखरसँग पनि गुनासो गरे ।
‘तपाईंहरूले प्रतिपक्षमा भएकाले त भन्ने नै हुनुभयो,’ थपलियाले भने, ‘मलाई आफ्नै पार्टीका साथीहरूले जथाभावी भनिरहेका छन्।’
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
