• बुधबार, अशोज २१, २०८३
  • Wednesday 7th October 2026

क्वारेन्टाइनमा बाँकी रहेका ३२ जनालाई आज घर पठाइयो


  • खुला नेपाल
  • मङ्लबार, फाल्गुन २०, २०७६
  • 8.7K
    SHARES

फाइल तस्बिर

काठमाडौं – भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा बाँकी रहेका ३२ जनालाई पनि मंगलबार बिहान घर पठाइएको छ।

सबैलाई नेपाली सेना र नेपाल प्रहरीको भ्यानबाट बिहान सूर्यविनायकसम्म छोडिएको नेपाली सेनाका प्रमुख सेनानी शिवप्रसाद पौडेलले जानकारी दिए।

चीनको वुहानबाट उद्धार गरेर ल्याइएका १ सय ७५ जना मध्ये १४३ जनालाई सोमबार अपरान्ह घर पठाइएको थियो। बाँकी ३२ जना उपत्यकाबाहिरका घर जान ढिला भएकाले खरिपाटीमै बस्ने निर्णय गरेका थिए।

खरिपाटीमा सोमबार बास बस्नेहरूलाई बफे डिनरको पनि आयोजना गरिएको थियो।

सोमबार नै कसैमा संक्रमण नदेखिएपछि १ सय ७५ जना नै कोरोनामुक्त भएका हुन्। गत फागुन ४ गते नेपालले कोरोनाभाइरसको उद्गमस्थल वुहानबाट १ सय ७५ जना आफ्ना नागरिकलाई घर ल्याएको थियो।

उद्धार गरेर ल्याइएका सबैलाई खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्र भवनमा राखिएको थियो। अब भवनमा रहेका सामानहरूलाई एकठाउँ जम्मा गर्ने र अर्को निर्णय नभएसम्म भवनलाई ‘लक डाउन’ गरेर राख्ने पौडेलले जनाए।

प्रतिक्रिया