• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

कोरोना भाइरसः घरबाटै काम गर्न कर्मचारीलाई ट्वीटरको आग्रह


  • खुला नेपाल
  • मङ्लबार, फाल्गुन २०, २०७६
  • 5.9K
    SHARES

एजेन्सी – कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिन थालेपछि सामाजिक सञ्जाल ट्वीटरले सावधानी अपनाएको छ । ट्वीटरले आफ्ना कर्मचारीलाई कोरोनाको संक्रमण रोक्ने प्रयास स्वरुप घरबाटै काम गर्न आग्रह गरेको छ ।

सामाजिक सञ्जाल ट्वीटरले ब्लग पोस्ट गरेर हङकङ, जापान र दक्षिण कोरियाका कर्मचारीलाई घरबाट काम गर्नु अनिवार्य रहेको जनाएको छ ।

यस्तै ट्वीटरले विश्वभर रहेका आफ्ना पाँच हजार कर्मचारीलाई पनि सकेसम्म घरबाटै काम गर्न प्रोत्साहित गरेको छ। एक दिनअघि ट्वीटरले आफ्ना कर्मचारीलाई अत्यावश्यक बाहेकका व्यवसायिक यात्रा तथा कार्यक्रमहरुका सहभागी नहुन भनेको थियो ।

प्रतिक्रिया