• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

नेपाल घुमेर फर्किएका एक स्पेनिस नागरिकको कोरोनाका कारण मृत्यु


  • खुला नेपाल
  • बुधबार, फाल्गुन २१, २०७६
  • 5K
    SHARES

काठमाडौं – नेपाल घुमेर आफ्नो मुलुक फर्केका एक स्पेनिस नागरिकको कोरोनाभाइरस संक्रमणका कारण ज्यान गएको छ । यद्यपी, स्पेनका अधिकारीहरुले ती पर्यटकलाई नेपाल छँदै संक्रमण भएको थियो या नेपालबाट प्रस्थान गरेपछि संक्रमण भएको थियो भन्ने जानकारी दिएका छैनन्‌ ।

कोरोना संक्रमित भएको भेटिएपछि ती नागरिकलाई स्पेनको भ्यालेन्सिया अस्पतालमा राखिएको, तर उनको मृत्यु भएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

डेलीमेलका अनुसार यो नै कोरोनाभाइरसका कारण स्पेनमा मानिसको ज्यान गएको पहिलो घटना हो । नेपाल घुमेर गएका भनिएका ती व्यक्तिमा शुरुमा निमोनिया देखिएको थियो । तर त्यो निमोनियाको प्रकार स्वास्थ्य अधिकारीहरुले नै पत्ता लगाउन सकेका थिएनन् ।

स्पेनमा अहिलेसम्म १६५ जनामा कोरोना संक्रमण देखिएको छ र यी मध्ये ४६ जना मड्रिडकै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

प्रतिक्रिया