काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण प्रक्रिया सुरु भएको छ ।
प्रधानमन्त्री ओलीलाई बिहान १० बजे अपरेशन थिएटरमा लगिएको त्रिवि शिक्षण अस्पतालका निर्देशक डा प्रेम खड्गाले जानकारी दिए ।
डा खड्गाले भने, ‘अहिले १० बजे प्रधानमन्त्री ज्यूलाई अपरेसन कक्ष लगिएको छ । अब शल्यक्रियाको काम शुरु हुन्छ । कति समय लाग्छ भन्ने बारे यकिन छैन । के हुन्छ हामी तपाईंहरुलाई जानकारी गराउने छौं ।’
प्रधानमन्त्री ओलीलाई १० बजे नै अपरेसन थिएटर लगिएको तथा मिर्गौला दान गर्ने उनकी भान्जीलाई भने त्यसअघि नै अपरेसन कक्ष लगिएको डा खड्गाले बताए ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
