• बुधबार, अशोज २१, २०८३
  • Wednesday 7th October 2026

कोरोना प्रतिकार्यमा मन्त्रालयसँग समन्वय गर्न सरोकारवालालाई निर्देशन


  • खुला नेपाल
  • मङ्लबार, फाल्गुन २७, २०७६
  • 14.2K
    SHARES

काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थालाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग समन्वयमा काम गर्न निर्देशन गरेको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको अध्यक्षतामा मंगलबार बसेको संरक्षण विषयगत क्षेत्र केन्द्रिय समितिले कोरोना भाइरस नियन्त्रणका लागि यस्तो निर्देशन दिएको हो ।

साथै मन्त्रालयले कोरोना भाइरस प्रतिकार्यका लागि स्थानीय तवरमा पूर्व तयारी गर्न आवश्यक निर्देशन दिनका लागि संघीय मन्त्रालयलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । प्रदेश सरकारलाई यसबारे समन्वय गर्ने प्रधानमन्त्री कार्यालयलाई र जिल्ला प्रशासनमा आवश्यक निर्देशन दिन गृह मन्त्रालयलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।

मन्त्रालयले खासगरी महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङ्ग क्षेत्रमा काम गर्ने संघ संस्थाहरुलाई मन्त्रालयसँग समन्वय गरेर मात्र अघि बढ्न निर्देशन दिएको हो ।

प्रतिक्रिया