• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

चन्द समूहले विस्फोट गराएको हुन सक्ने, छिमेकी त्रसित


  • खुला नेपाल
  • बुधबार, फाल्गुन २८, २०७६
  • 10.6K
    SHARES

बम विष्फोटले क्षति पुगेको छिमेकीको घर

भक्तपुर – निवर्तमान मन्त्री गोकुल बाँस्कोटाको घरमा कुकर बम विस्फोट भएपछि छिमेकी त्रसित बनेका छन् । बुधबार बिहान पौने ८ बजे भक्तपुर लोकन्थली मनोहरा खोला फाँटस्थित बाँस्कोटाको घरमा विस्फोट भएको थियो ।

विस्फोट नेत्रविक्रम चन्द समूहले गराएको हुन सक्ने प्रहरीको विश्लेषण छ । उक्त समूहको पर्चा नै प्रहरीले फेला पारिसके पनि आधिकारिक रुपमा केही बताइएको छैन ।

बाँस्कोटाको बन्दै गरेको ३ तले घर कम्पाउण्डमा भएको विस्फोटले टोल नै हल्लाएको थियो । विस्फोटबाट घरको गेट, नजिकै रहेको भ्यान र छिमेकी ३ घरका सिसा फुटेका छन् ।

मन्त्री बनेदेखि नै बाँस्कोटा भने बालकोटस्थित प्रधानमन्त्री केपी ओलीको निवासमा बस्दै आएका छन् ।

चन्द समूहलाई सरकारले प्रतिबन्ध लगाएको बुधबार नै एक वर्ष पुगेको छ ।

प्रतिक्रिया