• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

विष्फोटका दोषीलाई कारबही गर्न नेकपा बाग्मती प्रदेशको माग


  • खुला नेपाल
  • बुधबार, फाल्गुन २८, २०७६
  • 28K
    SHARES

काठमाडौं‌‌ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बाग्मती प्रदेश कमिटीले निवर्तमान मन्त्री गोकुल बाँस्कोटाको घरमा कुकर बम विस्फोट गराउने अपराधीलाई पक्राउ गरी कारवाही गर्न सरकारसँग माग गरेको छ ।

उक्त कार्यलाई आतंककारी अपराधिक कामको संज्ञा दिँदै कमिटीले घटनाको घोर विरोध र भत्र्सर्नासमेत गरेको छ ।

बाग्मती प्रदेश कमिटीका अध्यक्ष नारायणप्रसाद दाहाल र सचिव आनन्दप्रसाद पोखरेलले संयुक्त हस्ताक्षरमा विज्ञप्ति जारी गरी घटनाको विरोध गरिएको हो ।

बुधबार बिहान पौने ८ बजे भक्तपुर लोकन्थली मनोहरा खोला फाँटस्थित बाँस्कोटाको घरमा विस्फोट भएको थियो । विस्फोट नेत्रविक्रम चन्द समूहले गराएको हुन सक्ने प्रहरीको विश्लेषण छ ।

बाँस्कोटाको बन्दै गरेको ३ तले घर कम्पाउण्डमा भएको विस्फोटले टोल नै हल्लाएको थियो । विस्फोटबाट घरको गेट, नजिकै रहेको भ्यान र छिमेकी ३ घरका सिसा फुटेका छन् ।

विज्ञप्तिमा छिमेकी कुवेर केसी, कपिल घिमिरेसहितको घरका सिसा फुटेको, विद्युत अवरुद्ध भएको उल्लेख छ ।

प्रतिक्रिया