• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

हलिउड फिल्म निर्माता हार्भीलाई बलात्कार मुद्दामा २३ बर्षको सजाय


  • खुला नेपाल
  • बिहिबार, फाल्गुन २९, २०७६
  • 10.2K
    SHARES

काठमाडौं – बलात्कार र यौन आक्रमणको मुद्दामा दोषी ठहर चर्चित हलिउड फिल्म निर्माता हार्भी वाइन्स्टिनलाई एक अमेरिकी अदालतले २३ वर्षको कैद सजाय सुनाएको छ।

हलिउडका अत्यन्तै चर्चित वाइन्स्टिनलाई न्यू योर्कको एक अदालतले २३ वर्षको कैद सजाय सुनाएको हो ।

६७ वर्षीय वाइन्स्टिन बुधवार ह्वीलचेयरमा अदालतमा हाजिर भएका थिए । गत महिना बलात्कार र यौन आक्रमणका अभियोगमा उनी दोषी पाइएका थिए।

अदालतको फैसलालाई ‘मीटू’ का अभियान्ताहरुले स्वागत गरेका छन्।

प्रतिक्रिया