काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य भएकाले आजै साँझ डिस्चार्ज हुनुहुने भएको छ ।
दोस्रो पटकको मृगौला पुनर्प्रत्यारोपण सफल भएपछि त्रिवि शिक्षण अस्पतालले आजै डिस्चार्ज गर्न लागेको जनाएको छ ।
‘हाल उहाँको स्वास्थ्य अवस्था राम्रो रहेको छ’, अस्पतालले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री ओलीको यही मंसिर २१ गते उक्त अस्पतालमा दोस्रो पटक मृर्गौला प्रत्यारोपण गरिएको हो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
