काठमाडौं – अमेरिकाले राष्ट्रिय संकटकाल घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको बढ्दो प्रकोपलाई नियन्त्रण गर्न मद्दत गर्न भन्दै शुक्रबार राष्ट्रिय संकटकाल घोषणा गरेका हुन् ।
अमेरिकी सरकारले अब विपतको राहतका लागि ५० अर्ब डलर खर्च गर्ने पनि उनले बताएका छन् ।
सरकारले अब अलग/अलग राज्य सरकारसँग मिलेर काम गर्ने बताउँदै ट्रम्पले सरसफाईमा विशेष ध्यान दिन, अत्यावश्यक बाहेक यात्रा नगर्न र भीडभाडमा नजान आह्वान समेत गरेका छन् ।
आपतकाल कति दिन सम्म रहने भन्नेबारे भने केही पनि खुलाईएको छैन । अमेरिकामा शुक्रबार बेलुकासम्म कोरोनाभाइरसबाट २२ सय ८७ जनामा संक्रमण देखिएको छ । ४९ जनाको मृत्यु भएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
