काठमाडौं – विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसबाट बचाउन विकास गरिएको खोपको पहिलोपटक मानिनसमा परीक्षण गरिने भएको छ ।
अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागिएको परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवी सहभागी हुने बीबीसीले जनाएको छ ।
खोप परीक्षण अमेरिकाको सियाटलमा हुँदैछ । खोपले बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकको योजना छ ।
पहिलो चरणमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुनेछ । परीक्षण गर्न लागिएको भ्याक्सिनलाई नाम mRNA-1273 राखिएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
