चीनको वुहान शहरबाट संसारभरी फैलिएको कोरोना भाइरसका कारण इटालीका उक मेयरको मृत्यु भएको छ । त्यहाँको उत्तरी क्षेत्रको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो ।
विश्वमा चीनपछि सबैभन्दा बढी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण इटालीमा हालसम्म १ हजार ८ सय ९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै २४ हजार ७ सय ४७ जनामा कोरोना संक्रमण भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एजेन्सी
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
