न्युयोर्कका रेष्टुरेण्ट र बारहरु बन्द गरिने भएका छन् । मेयर बिल ब्लाजिओले बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्ने भएका छन् । यही आदेश अनुसार मंगलबार विहान ९ बजेदेखि न्युयोर्कका टेकआउट र डेलिभरीबाहेकका रेष्टुरेण्ट र बारहरु बन्द हुने भएका हुने भएका हुन् ।
त्यसैगरी सिनेमाघर, कन्सर्टस्थल, नाइटक्लब, थियटरहरु पनि पूर्णरुपमा बन्द गरिने जनाइएको छ । मेयर बिल ब्लाजिओले यो निर्णय हलुका रुपमा नगरेको बरु न्युयोर्कले कोरोना भाइरसको कारण भोग्नुपरेको अवस्थाले बन्द गर्नुपरेको प्रष्ट पारेका छन् ।
मेयरले सोमबारदेखि विद्यालयहरु समेत बन्दको आह्वान गरेका थिए । मेयर ब्लाजिओले बुधबारदेखि अप्रिल २० सम्मका लागि न्युयोर्क सिटीका विद्यालयहरु बन्दको घोषणा गरेका हुन् ।
मार्च २३ बाट नै विद्यार्थीहरुलाई टाढैबाट सिकाउने प्रकृयाको सुरुवात हुनसक्ने मेयर ब्लाजिओको भनाई छ । न्युयोर्कमा कोरोना भाइरस संक्रमितको संख्या ७२९ पुगेको छ भने न्युयोर्क सिटीमामात्र ३२९ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । यसरी दिनहुँ कोरोना संक्रमणको त्रास बढ्दै जानथालेपछि मेयरले पछिल्ला कदमहरु चाल्नुपरेको उल्लेख गरेका छन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
