• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

खगेन्द्र नवजीवन केन्द्रमा भएको भ्रष्टाचारबारे छानविन हुने


  • खुला नेपाल
  • मङ्लबार, चैत्र ४, २०७६
  • 13.1K
    SHARES

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले काठमाडौं कोजोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रको अनुगमन गर्नु भएको छ ।

केन्द्रका पदाधिकारीले भ्रष्टाचार गरेको आरोप लागिरहेका बेला सोमबार मन्त्री गुरुङले सो केन्द्रको अनुगमन गर्नु भएको हो । अनुगमनका क्रममा उहाँले सो केन्द्रमा भ्रष्टाचार भए/नभएको एकीन गर्न तत्काल छानविन समिति गठन गर्ने बताउनु भयो ।

मन्त्री गुरुङले मन्त्रालयले दिएको अनुदानमा समेत अनियमितता भएको जानकारी पाइएको उल्लेख गर्दै त्यसको छानविनमा सहयोग गर्न पनि केन्द्रका पदाधिकारीलाई कडा निर्देशन दिनु भयो ।

‘खगेन्द्र नवजीवन केन्द्रमा आर्थिक अनियमितता भएको सुनिएको छ,’ मन्त्री गुरुङले भन्नु भयो, ‘त्यसका लागि छिट्टै छानविन हुने गरी तत्काल मन्त्रालयले छानविन समिति गठन गर्नेछ ।’

उहाँले त्यस अवसरमा केन्द्रको नियमित अर्डिट हुने गरे/नगरेको बारे पनि चासो व्यक्त गर्नु भएको थियो । सामाजिक संघ, संस्थाहरुले संस्थाको उद्देश्य अनुसार काम नगरेको पाइए मन्त्रालयले कार्वाहीको दायरामा ल्याउने मन्त्री गुरुङको भनाई छ । त्यस क्रममा मन्त्री गुरुङलाई खगेन्द्र नवजीवन गृहकी प्रमुख सूर्य कुमारी गुरुङले केन्द्रका पदाधिकारीहरुले भ्रष्टाचार गरेको दावी गर्दै छानविन गर्न मन्त्री गुरुङसँग माग गर्नु भयो ।

मन्त्री गुरुङले सोमबार नै नेपाल अर्थोपेडिक अस्पतालको पनि अनुगमन गर्नु भएको थियो । यसैबीच, मन्त्री गुरुङले काठमाडौंको लप्सेफेदीमा निर्माण गरिएको ‘जेष्ठ नागरिक ग्राम’को पनि अनुगमन गर्नु भयो ।

प्रतिक्रिया