• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

कैदी बन्दीको संख्या घटाउन संसदीय समितिको निर्देशन


  • खुला नेपाल
  • बिहिबार, चैत्र ६, २०७६
  • 6.6K
    SHARES

फाइल तस्वीर

काठमाडौं – संसदको कानून, न्याय तथा मानव अधिकार समितिले सरकारलाई कैदी बन्दीको संख्या घटाउन निर्देशन दिएको छ ।

समितिको बिहीबार बसेको बैठकले कारागारमा कोरोना भाइरस संक्रमण भएमा जटिल अवस्था उत्पन्न हुने भन्दै कैदी बन्दीको संख्या घटाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

कारागारहरुमा क्षमता भन्दा धेरै कैदी बन्दी राखिएको विषयलाई दृष्टिगत गर्दै समितिले यस्तो निर्देशन गरेको समिति सभापति कृष्णभक्त पोखरेलले बताउनुभयो ।

उहाँले विदेशमा पनि यस्तो स्थितिमा कैदी बन्दीको संख्या घटाउने अभ्यास भएकाले घटाउन निर्देशन दिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया