• सोमवार, अशोज १९, २०८३
  • Monday 5th October 2026

आज गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस


  • खुला नेपाल
  • शुक्रबार, चैत्र ७, २०७६
  • 12K
    SHARES

काठमाडौं- नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको आज १०औं स्मृति दिवस । दिवसको अवसरमा विराटनगरमा स्मृति दिवसको कार्यक्रममा सहभागी हुन कांग्रेस नेतृ तथा कोइराला पुत्री सुजाता कोइराला बिहानै विराटनगर गएकी छन् ।

कोरोना भाइरसको सन्त्रासका कारण नेपाली कांग्रेसले भने यस वर्षको स्मृति दिवसमा कुनै पनि सार्वजनिक कार्यक्रम आयोजना गरेको छैन । ६० वर्षभन्दा लामो समय नेपाली राजनीतिमा सक्रिय भूमिका निर्वाह गरेका कोइराला पाँच पटक देशको प्रधानमन्त्री बनेका थिए ।

राणा शासनको विरोध गरेको आरोपमा उनका पिता कृष्णप्रसाद कोइराला देश निकाला भएपछि कोइराला परिवार भारतमा बस्दै आएको समयमा गिरिजाप्रसाद कोइरालाको जन्म वि.सं. १९८१ असार १८ गते बिहारको सहरसा जिल्लामा भएको थियो।

वि.सं. २००४ सालमा कोइरालाले नेपाल मजदुर कांग्रेसको स्थापना गरी राजनीति शुरु गरेका थिए । राणा शासन र पञ्चायतविरोधी आन्दोलनमा सक्रिय सहभागिता जनाएका कोइरालाले राजतन्त्रविरोधी आन्दोलनको नेतृत्व गर्दै मुलुकमा गणतन्त्र स्थापनाका लागि मुख्य भूमिका निर्वाह गरेका थिए ।

कोइरालाले युद्धरत तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याई बृहत शान्ति सम्झौतामा हस्ताक्षर गराउने काम गरेका थिए । उनको ८५ वर्षको उमेरमा ०६६ साल चैत ७ गते निधन भएको थियो ।

प्रतिक्रिया