काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी तीन महिनासम्म कुनैपनि कार्यक्रम नगर्ने भएको छ । कारोना भाइरसको त्रासका कारण यसअघि नै तय भएका कार्यक्रम पनि रद्द गरिएको एनआरएनएले जनाएको छ ।
एनआरएनको पदाधिकारी बैठकले नेपालमा हुन सक्ने सम्भावित संक्रमण र विस्तार रोक्न अध्यक्ष कुमार पन्तको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समिति गठन गरिएको महासचिव डा हेमराज शर्माले जानकारी दिए ।
उच्चस्तरीय समितिको सल्लाहकारमा नेपाली कांग्रेसका नेता गगनकुमार थापा र पूर्व शिक्षामन्त्री डा गंगालाल तुलाधार रहेका छन् ।
यस्तै समितिका सदस्यमा डा सञ्जिव सापकोटा (अमेरिका), डा डोरन रसाइली (क्यानाडा), प्रोफेसर पदम सिम्खडा (युके), डा रमेशकुमार खोजु (युके), डा सन्तोष सापकोटा (अमेरिका), डा सत्यमान राजभण्डारी (युके), डा कुश श्रेष्ठ (अष्ट्रेलिया), डा पुरु श्रेष्ठ (अमेरिका), डा अलनी सुवेदी (पोल्याण्ड), डा श्रवणकुमार मिश्र (नेपाल), डा शक्ति चौरसिया (नेपाल), डा हेमराज शर्मा (युके) र डा हेमन्त दवाडी (नेपाल) रहेका छन् ।
सो समितिले देशमा आइपर्ने विपत्तिका बारेमा दीर्घकालीन गुरु योजना तयार गर्नेलगायत, सचेतना मुलक सामाग्री तयार गर्ने अध्यक्ष पन्तले जनाए ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
