• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

नोकियाले ल्यायो पहिलो पटक ५ जी फोन


  • खुला नेपाल
  • शनिबार, चैत्र ८, २०७६
  • 20.1K
    SHARES

काठमाडौं – कुनै समय मोबाइल उत्पादकहरुको दुनियाँमा एकछत्र राज गरेको नोकिया कम्पनीले पहिलो पटक ५ जी स्मार्टफोन बजारमा ल्याएको छ ।

नोकियाको आधाकारिक वितरक एचएमडी ग्लोबलले नोकिया ८.३ ५जी स्मार्टफोन लन्च गरेको हो । यसका साथै नोकियाले लण्डनमा गरेको मोबाइल सार्वजनिक कार्यक्रममार्फत नोकिया १.३, नोकिया ५.३ मोबाइल पनि लन्च गरेको छ ।

यसका साथै कम्पनीले १२० देशमा चल्ने एचएमडी कनेक्ट डेटा सिमका साथै नयाँ फिचर फोन नोकिया ५३१० पनि लन्च गरेको छ ।

यस्ता छन् विशेषता

यो प्रिमियम मिड रेन्जको स्मार्टफोन हो । यो नोकिया ८.१ को अपग्रेड भर्सन हो ।

यो फोनमा स्न्यापड्रागन ७६५ प्रोसेसर रहेको छ जून ५जी मोडेमसहित आउँछ ।

फोन पन्च होल डिस्प्ले डिजाइनमा रहेको छ । नोकिया ८.३ स्मार्टफोनमा फूलएचडी प्लस रिजोल्यूशन तथा अलवेज अन एचडिआर सपोर्ट रहेको छ ।

फोनमा ६.८ इन्चको प्योरडिस्प्ले स्क्रीन रहेको छ ।

फोनमा थ्रीडी गोरिल्ला ग्लास प्रोटेक्सन दिईएको छ । यो फोन पोलर नाइट कलर अप्सनमा आउँछ ।

नोकियाको यो फोनमा फोटोग्राफीका लागि प्यारेभ्यू क्वाड क्यामरा सेटअप दिईएको छ ।

यो सेटअपको प्राइमरी क्यामरा ६४ मेगापिक्सेलको छ भने ४ के अल्ट्रा एचडी सपोर्टका साथ १२ मेगापिक्सेलको वाइड एंगल क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा तथा २ मेगापिक्सेलको डेप्थ क्यामरा छ ।

सेल्फीका लागि फ्रन्टमा २४ मेगापिक्सेलको क्यामरा राखिएको छ । फोनमा ४,५०० एमएएचको ब्याट्री प्याक छ भने एन्ड्रोयड १० मा संचालन हुन्छ ।

नोकिया ८.३ ५जी स्मार्टफोनको स्टोरेज क्षमता अनुसार ५ सय ९९ देखि ६४९ यूरोसम्म मूल्य तोकिएको छ ।

प्रतिक्रिया