काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्न स्थापना भएको सार्क आपतकालीन कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने नेपाल सरकारको निर्णयलाई स्वागत गरेका छन् । मोदीले एक ट्वीट गर्दै यो निर्णयका लागि प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सार्क आपतकालीन कोषमा १० रुपैयाँ योगदान गर्ने घोषणा गरेका थिए ।
गत चैत २ गते सार्क राष्ट्र तथा सरकार प्रमुखहरुबीच भएको भिडियो सम्वादमा भारतीय प्रधानमन्त्री मोदीले आपतकालीन कोष घोषणा गर्दै उक्त कोषमा भारतले एक करोड अमेरिकी डलर जम्मा गर्ने बताएका थिए ।
मोदीले लेखेका छन्, ‘पिएम ओलीजीको यो प्रतिबद्धताले कोरोनाको महामारीविरुद्ध सामूहिक लडाइँ लड्न सार्क देशहरुको समर्थनलाई दर्शाउँछ ।’
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
