एजेन्सी – साउदी अरबियाले सोमबारदेखि २१ दिनसम्मका लागि देशभर कर्फ्यू आदेश जारी गरेको छ । साउदी राजा सलमानले कोरोना भाइरसको संक्रमण रोकथामका लागि भन्दै कर्फ्यू लगाउन आदेश दिनु भएको हो ।
कर्फ्यू आदेश २१ दिनका लागि बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म लागू हुने साउदी अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
युएईले सबै अन्तर्राष्ट्रिय उडानमाथि प्रतिबन्ध लगाएसँगै साउदीले पनि यस्तो कदम उठाएको हो ।
कर्फ्यू आदेश जारी भएसँगै साउदी अरबमा सबै सपिङ सेन्टरहरु बन्द हुने छन् भने रेष्टुरेन्टले डेलिभरी सेवा मात्रै दिन पाउने छन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
