• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

निवर्तमान मन्त्री बाँस्कोटाबाट कोरोना कोषमा एक महिनाको पारिश्रमिक


  • खुला नेपाल
  • सोमवार, चैत्र १०, २०७६
  • 9.5K
    SHARES

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाले ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ लाई एक महिना बराबरको पारिश्रमिक प्रदान गर्नुहुने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कोष स्थापनाको निर्णय गरेको थियो । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० रोगको सङ्क्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोषमा उहाँले एक महिना महिनाको पारिश्रमिक जम्मा गर्ने ट्विट मार्फत जानकारी गराउनुभएको हो ।

“जस्ले जसरि लिउन त्यो उनको आग्रह वा बुझाईको सिमा भित्रको विषय हो तर मेरो एक महिना को तलब कोरना बिरुध्दको सरकारी कोषमा जम्मा गर्ने निर्णय गरेको छु ” बाँस्कोटाको ट्विटमा छ ।

प्रतिक्रिया