• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

सहायता सामग्री बोकेर चिनियाँ विमान नेपाल आउँदै


  • खुला नेपाल
  • मङ्लबार, चैत्र ११, २०७६
  • 7.5K
    SHARES

काठमाडौं– चीन सरकारले नेपाललाई दिन लागेको आवश्यक स्वास्थ्य सामग्री बोकेर चिनियाँ विमान आउने भएको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै चीन सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्ने भएको हो । आजको नेपाल समाचार पत्रले परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै चीनको ग्वान्जाउबाट सहायता सामग्री बोकेको विमान काठमाडौं आउन लागेको समाचार छापेको छ ।

नेपालले कोरोनाविरुद्ध लड्न पर्याप्त औषधि तथा उपकरण नभएको भन्दै आवश्यक सहयोग माग गरेपछि चीनले सहायता सामग्रीसहितको विमान पठाउन लागेको हो ।

परराष्ट्र मन्त्रालयको अनुसार चीनको राष्ट्रिय ध्वजावाहक चाइन साउदर्न एयरलाइन्सको विमान सहायता सामग्री बोकेर विमान मंगलबारसम्म काठमाडौं आउने छ ।

नेपालले चीनसँग १९ थरी स्वास्थ्य सामाग्री मागेको छ। जसमा मोबाइल एम्बुलेन्स, मास्कदेखि कोरोना भाइरस जाँच्ने किटसम्म छन् ।

यसअघि सोमबार मात्रै चिनियाँ राजदूत होउ यान्कीले अहिलेको संकटका बेला नेपाल एक्लै नरहेको बताउनु भएको थियो ।
उहाँले नेपाललाई सदैव चीनको साथ रहेको उल्लेख गर्दै आवश्यक सहयोग सामग्री पठाउने तयारी भइरहेको जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया