यतिबेला कोरोना भाइरसले सारा विश्वभरी नै कोलाहल मच्चाईरहेको छ । चीनको वुहानबाट उत्पन्न भएको कोरोना भाइरस आज सारा विश्वभरि फैलिरहेको छ ।
जापानमा पनि कोरोना भाइरस छिर्र्यो । तर, फैलावट हुनबाट जापानले आश्चर्यजनक ढंगले रोक्न सफल भएको छ । किन होला ? यसको उत्तर खोज्दै विश्वका अन्य मुलुकले समेत जापानबाट सिक्न खोजिरहेका छन् ।
कोरोना भाइरसविरुद्ध पूर्व तयारी, सजगता, ठोस निर्णय र कार्यान्वयन एकातिर छ, जसले जापानीजलाई हतोत्साही बनाएन । जापानीजहरुको संस्कार समेत स्वास्थ्मैत्री छ ।
उनीहरु न अरु देशको झैं हात मिलाउँछन्, न गला नै । कोरोनाको हल्ला चल्ने वित्तिकै उनीहरु हरेकले मास्क प्रयोग गर्न समेत थालिसकेका थिए । ठूलो क्षती भएपनि चिनमा समेत यो महामारी नियन्त्रणमा आएको सरकारी दावी छ ।
चिनियाँ मिडियाका अनुसार, चीनले वुहानलगायत आफ्ना धेरै शहरहरूमा कोरोना भाइरसको नियन्त्रण गरेको तथ्यांकले देखाएको छ, तर विश्वका धेरै जस्ता देशहरू विश्व युद्ध जस्तो अवस्थाको सामना गरिरहेका छन् ।
इटाली जस्तो मुलुकमा सोमबार सम्म ५,४७७ मानिस यस भाइरसको कारण ज्यान गुमाइसकेका छन्। अमेरिकामा ५८२ र भारतमा १० जनाले ज्यान गुमाइसकेका छन्। यस्तो अवस्थामा जापान भने कोरोना बिरूद्ध चालेको कदमका कारण चर्चामा आएको छ । बिश्वभरि तिब्र गतिमा फैलिरहेको कोरोना भाइरस जापानले भने के कदम चल्यो कि जसले गर्दा जापानमा कोरोनाको गतिले ब्रेक लियो ?
जापानले कोरोनालाई हराउन के-कस्तो कदम चाल्यो ?
जापानले सुरुमै कोरोनाबाट पीडित बिरामीहरू भएको क्षेत्र पहिचान गर्न सफल भयो । त्यसरी पहिचान गरेर काम गर्ने पहिलो देश पनि जापान हो । जापानले तुरुन्तै सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गरि ति बिरामीहरुलाई तत्काल जाँच गर्यो ।
मार्च २२ सम्ममा जापानमा १००० जना मानिस कोरोना भाइरसबाट पीडित थिए, जसमध्ये ५० जना मानिसको ज्यान गयो । यद्यपि जापानले यस रोगको फैलावटलाई ठूलो मात्रामा रोकेको छ। चीन पछि, कोरोना जापान पुगेको थियो, तर अन्य देशहरूको तुलनामा जापानले यस रोगलाई धेरै हदसम्म नियन्त्रणमा लिएको छ ।
जापानले जनवरीको दोस्रो हप्तामा मात्र कार्यालयहरूमा सेनिटाइजर अनिवार्य बनायो । मानिसहरूले तुरुन्त मास्क पनि प्रयोग गर्न थाले। त्यहाका जनताले पनि सरकारको निर्देशनहरू तुरुन्तै अपनाउन थालेका थिए। यसको प्रभाव भने सिंगो देश र देशका नागरिकहारुमा देखा पर्यो । सरकारको निर्देशन मानेकै कारण आज जापान अरु देशहरुमा जस्तो समस्यामा देखिदैन ।
भाइरसको संक्रमण कम हुनुको कारण माथि उल्लेख गरिएजस्तो यहाँको संस्कार समेत हो । जापानीजहरु हात मिलाउने तथा गला मिलाउने काम कमै गर्छन् । उनीहरु टाढैबाट अभिनन्दन गर्ने गर्दछन।
त्यस्तै, सरफ़ाइको मामिलामा पनि अरु देश भन्दा चर्चा पाइसकेको मुलुक पनि हो। मेडिकल कन्डिसन पनि धेरै राम्रो छ । आश्चर्यजनक कुरा के छ भने, विश्वभर स्कूलहरू बन्द भइरहेको बेला जापानले भने फेरि बिद्यालय खोल्ने तयारी तिब्ररुपमा गरिरहेको अन्तरास्ट्रिय संचार माध्यामहरुले जनाएका छन् । नेपाललाई अझै अवसर छ । सरकारले जापानबाट सिकेर आवश्यक पूर्व तयारी गर्न सक्छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
