• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

लकडाउनको दोस्रो दिन सडकमा निस्कनेलाई त्यसै नछाडिने

जरिवानादेखि थुन्नेसम्मको तयारी


  • खुला नेपाल
  • बुधबार, चैत्र १२, २०७६
  • 6K
    SHARES

काठमाडौं – लकडाउनको दोस्रो दिन पनि काठमाडौंसहित विभिन्न जिल्लामा उल्लंघनका घटना भएका छन् । तर, सरकारले पहिलो दिन जस्तो सम्झाइ बुझाई गरेर नछाड्ने चेतावनी दिएको छ ।

पहिलो दिन कतिपय मानिसहरुमा सूचना नपुगेको र व्यवहारिक कारणले समेत सम्झाइ बुझाई गरेर छाडिएकोमा आजदेखि त्यस्तो नहुने गृह मन्त्रालयले चेतावनी दिएको छ ।

प्रहरीले पनि आज बिहानैदेखि लकडाउन पालनाका लागि सर्वसाधारणलाई हिँड्डुलमा कडाई गरेको छ । काठमाडौं उपत्यकामा बुधबार बिहान लकडाउन उल्लंघन गर्ने ३ सय २ सवारीसाधानलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै, काभ्रेमा ६३ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ ।

देशका विभिन्न जिल्ला सदरमुकाम तथा बजार क्षेत्रमा बिहानको समयमा लकडाउनको आंशिक उल्लंघन भएका छन् । त्यसरी उल्लंघन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिने तथा सम्झाइ बुझाई घर फर्काउने गरिरहेको गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताउनुभयो ।

लकडाउन उल्लंघन गर्नेलाई कानुनअनुसार जरिवानादेखि ६ महिनासम्मको जेल हुन सक्ने छ । नागरिकको हितका लागि चालिएको कदममा सबैले साथ दिनु पर्ने बताउँदै प्रवक्ता शर्माले लकडाउनको उल्लंघन गर्दै रमिता हेर्न सडकमा निस्कनेलाई गाम्भिर्यताका आधारमा कारबाही हुने बताउनुभयो ।

प्रतिक्रिया