काभ्रे– फ्रान्सबाट आएकी कोरोना संक्रमित युवतीसँगै जहाजमा आएका काभ्रेका थप पाँच जना सम्पर्कमा आएका छन् ।
सम्पर्कमा आएकामध्ये चारजना धुलिखेलका रहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनुभयो ।
एक जनाको ठेगाना खुल्न बाँकी छ । सम्पर्कमा आएकाहरुमा ३ महिला र २ पुरुष रहेका छन् ।
अहिले घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेका उनीहरुलाई स्वास्थ्य परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लैजाने तयारी भइरहेको प्रजिअ तिमल्सिनाले जानकारी दिनुभयो ।
यसअघि मंगलबार बनेपा नाला र धुलिखेल काभ्रे भञ्ज्याङका २ जना सम्पर्कमा आएका थिए । गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीय युवती कोरोना भाइरसबाट संक्रमित भएपछि उनीसँगै जहाजमा आउनेहरुलाई सरकारले सम्पर्कमा आउन आग्रह गरेको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
