• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुग्यो


  • खुला नेपाल
  • सोमवार, चैत्र १७, २०७६
  • 13.9K
    SHARES

एजेन्सी – भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ । कोरोना संक्रमितको संख्या पनि बढी रहेको भारतीय स्वास्थ्य अधिकारीहरुले बताएका छन् । अहिलेसम्म भारतमा एक हजार २४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

राजधानी दिल्लीमा कोरोनाबाट संक्रमित थप नयाँ २३ बिरामी भेटिएका छन् । दिल्लीमा मात्रै ७२ जनामा संक्रमण भएको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ ।

यसैबीच, भारत सरकारले २१ दिनका लागि लकडाउन लागू गरेपनि देशका विभिन्न शहरमा लकडाउन उल्लंघनको घटना बढी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

लकडाउनको समयमा पनि मानिसहरु घर बाहिर निस्कने तथा लापरबाही रुपमा हिँड्डुल गर्न थालेपछि केही राज्यहरुले त्यसलाई रोक्न निषेधाज्ञा नै जारी गरेका छन् । मध्यप्रदेशको आर्थिक राजधानीको रुपमा परिचित इंदौरमा अत्यावश्यक सामाग्री खरिदका लागि बाहिर निस्कने मानिसहरुले सामाजिक दूरी कायम नगरेपछि ३ दिनका लागि पूर्ण रुपमा बन्द गरिएको छ ।

३ दिन त्यहाँका मानिसले अत्यावश्यक सामग्री खरिदका लागि समेत बाहिर निस्कन पाउने छैनन् । इंदौरमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढेर २० पुगेको छ । संक्रमितको संख्या बढ्न थालेपछि लकडाउनलाई अझ कडा पारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया