• बुधबार, अशोज २१, २०८३
  • Wednesday 7th October 2026

मस्जिदबट गिरफ्तार नेपाली दिल्ली भेलामा सहभागी नभएको दावी


  • खुला नेपाल
  • बिहिबार, चैत्र २०, २०७६
  • 24.1K
    SHARES

बीरगंज-  भारतीय दुतावासको चासोमा प्रहरीले पटेर्वा सुगौली गाउँपालिका वडा नं १ कन्चनपुरको मस्जिदबाट गिरफ्तार गरिएका ब्यक्तिहरु दिल्लीको निजामुद्दीन मर्कजमा भएको भेलामा सहभागी नरहेको बताइएको छ ।

पटेर्वा सुगौली गाउँपालिका वडा नं १ का वडाध्यक्ष फरमान अन्सारीले उनीहरु दिल्ली मरकजमा नरहेको दावी गनुृभयो ।

उनीहरु फाल्गुन ३ देखी ५ सम्म नेपालको सप्तरी जिल्लाको वोदेवरसाइन नगरपालिका–५, जाँजरमा भएको मुस्लिम समुदायको धार्मिक प्रवचन ( आल्मी तब्लीगी इज्तिमा ) मा सहभागी भएका ब्यक्तिहरु हुन ।

उनीहरुलाई अहिले बीरगंज महानगरपालिकाको वडा नं १३ मा रहेको श्री सिद्धार्थ माध्यामिक बिद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको बीरगंज महानगरपालिकाका निमित्त कार्यकारी प्रमुख अरुण महतोले जानकारी दिनु भयो ।

कसैले दिल्ली बाट आएको जमाती ९मुस्लिम धर्मप्रचारकको समहु० सोनवर्षाको कन्चनपुर स्थित मस्जिदमा रहेको सूचना दिएपछि र भारतीय भारतीय महावाणिज्य दुतावासको समेतमा इन्ट्रेस्टमा उनीहरुलाई प्रहरीले गिरफतार गरेको स्थानीय बुद्धिजीवीहरुको प्रतिक्रिया दिएका छन।
सप्तरीको कार्यक्रमबाट बनेको जमातलाई बारा र पर्साका मस्जिदमा पुगेर रोजा नमाज गर्न लगाउने भगवानको महिमा सुनाउने जिम्मेवारी परेको थियो । गिरफ्तार गरिएका सबै रौतहट जिल्लाका हुन ।

जमातीहरु केही समय बीरगंजका मस्जिद र त्यसपछि कौवावन कटैया,देउरवाना, सोलखपुर ,बैरिया,कन्चनपुर र सोनवर्षाको मस्जिदमा रहेका थिए । जमातीहरुलाई रौतहट पठाउनकालागि वडाध्यक्ष फरमान मिया अन्सारीले रौतहटका प्रमुख जिल्ला अधिकारीसंग जमातीमा रहेका ब्यक्ति माफर्त कुरा पनि चलाउनु भएको थियो । तर सवारी अभावमा उहाँहरुलाई पठाउन सकिएको थिएन वडाध्यक्ष अन्सारीले भन्नु भयो “कसैले सूचना दियो उहाँहरुलाई प्रहरीले खोजी गरेपछि ट्रयाक्टरमा राखेर थाना सम्म पुर्याए ” । उनीहरुलाई अहिले बीरगंजको सिद्धार्थ माविमा तयार पारिएको क्वारेन्टाइनमा राखिएको छ ।

दिल्लीको निजामुद्दीन मर्कजमा भएको तीन दिने आन्तराष्ट्रिय जमातिहरुको भेलाबाट फैलिएको कोरोनाको सक्रमणको त्रास नेपालका सिमावर्ती जिल्लाहरुमा पनि फैलिएको छ ।
भारतीय संचार माध्यमहरुले नेपालका १९ जना जमातीहरुको सहभागीता रहेको समाचार सम्प्रषण गरेपछि अहिलेसम्म विश्व स्वास्थ्य संगठनको ग्रीनजोनमा रहेको नेपालमा पनि कोरोना रोगको सक्रमण फैलिने त्रास बढेको छ । भारतको उत्तराखन्ड प्रहरीले दिल्लीमा भएको जमातीहरुको नामवली सार्वजनिक गरेको छ ।
उत्तराखण्ड प्रहरीले सार्वजनिक गरेको नेपालीहरुको नामावली अनुसार चितवनको ११ जना, बाराको ४ जना रौतहटको २ जना, गोरखाका दुईजना र पर्साका एकजना रहेका छन् । चितवनका अधिकांश बकुलहरका रहेका छन् । पर्साको श्रीपुरका एकजना रहेका छन् ।

प्रतिक्रिया