• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

कोरोना संक्रमित सातौं व्यक्ति भेटिए


  • खुला नेपाल
  • शुक्रबार, चैत्र २१, २०७६
  • 16.3K
    SHARES

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित सातौं व्यक्ति कास्कीमा भेटिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको पोखरास्थित खुलानेपाल संवाददाताले जनाएका हुन् ।

उनी केही दिनअघि भारतबाट फर्किएको प्रतिष्ठान स्रोतले जनाएको छ ।

यसअघि हिजो बिहीबारमाात्रै नेपालमा छैटौं संक्रमित भेटिएको थियो । ती बिरामी बाग्लुङकी ६५ वर्षीया वृद्धा थिइन् । उनी भने चैत ४ गते दोहाबाट नेपाल आएकी थिइन् ।

कास्कीमा भेटिएको व्यक्तिको पुनः परीक्षणका लागि नमुना संकलन गरेर काठमाडौं पठाएको समेत स्रोतले जनाएको छ ।

प्रतिक्रिया