• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

गुण्डुबाट शहर चियाउँदा


  • शब्द / तस्वीर- अमृत राउत
  • शनिबार, चैत्र २२, २०७६
  • 25.2K
    SHARES

भक्तपुर- आज लकडाउनको १२ औं दिन शनिवार । भक्तपुरका अधिकांश ठाउँ सुनसानै छन् । पहिले सर्वसाधरणले सरकारको अनुरोधलाई अटेर गरी हिंड्डुल गरेको समाचारहरु पनि आए । त्यो क्रमशः घट्दै गएको छ ।

बिहान गुण्डु छिर्ने डाँडा, सुवर्णेश्वर नजिकै पुग्दा छिट्पुटबाहेक आउजाउ थिएन । मन्दिरमा घण्टाको आवाज सुनिन्थे । मर्निड. वाक गर्ने मान्छे केही एक तमासले हिँडेको देखिन्थे ।

बाटो चिल्ला र फराकिलो बनेको देखिन्छ, त्यता पस्दा । युरोपकै कुनै शहर जस्तो लाग्ने । धमाधम विकास हुँदैछ सिंगो सूर्यविनायक क्षेत्र । बाटोलगायत निर्माणको क्षेत्रमा त सिंगो भक्तपुर कायापलट बन्दैछ ।

यो क्षेत्रलाई सरकारले स्मार्ट सिटीको रुपमा अघि बढाउँदैछ ।

वरपर हरियाली देखिन्छ । खेतका गरा गरामा गहुँ, आलु बाली सप्रेको दृश्य देखिन्छ । यता भक्तपुर र काठमाडौंतिर हेर्दा पुरै शहरको तमास देखिन्छ । हेरौं न त केही तस्वीर-

प्रतिक्रिया