• बुधबार, अशोज २१, २०८३
  • Wednesday 7th October 2026

सरकार असफल बनाउने प्रयास भएकोमा गुनासो


  • खुला नेपाल
  • मङ्लबार, चैत्र २५, २०७६
  • 13.8K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै महामारीसँग लडाई लडिरहेको बेला सरकारलाई असफल बनाउने प्रयास भएकोमा दुख प्रकट गर्नुभएको छ । लकडाउन समेत थप एक साता लम्बिन सक्ने संकेत समेत गर्नुभएको छ ।

ओलीले विशेष परिस्थितिमा खरिद गरिएका मेडिकल सामग्रीको परिस्थिति सामान्य भएपछि संपरीक्षण हुने औंल्याउनुभयो ।

प्रधानमन्त्रीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताउँदै यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेकाले थप सजगता अपनाउन अपिल समेत गर्नुभयो ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको बताउनुभयो ।

प्रतिक्रिया