• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

रोशीमा विदेशबाट आएकाको कोरोना टेष्ट


  • खुला नेपाल
  • आइतवार, चैत्र ३०, २०७६
  • 11.1K
    SHARES

काभ्रे । यस जिल्लाको रोशी गाउँपालिकाले बिदेशबाट आएका मानिसको रयापिड टेस्ट शुरु गरेको छ । कोरोनाको त्रासले गर्दा गाउँपालिकाले आफ्नो जनताको सुरक्षाका लागि घरघरै गएर रयापिड टेस्ट गरेको हो ।

आईतबारदेखि यही चैत्र महिनाभित्र बिदेशबाट घर फर्केकाको घरमै गएर टेस्ट गरेको गाउँपालिका अध्यक्ष दलबहादुर लामा (डिबी ) ले बताएका छन् ।

चैत्र महिना भित्र बिभिन्न देशबाट आएको व्यक्तिहरू गाउँपालिका भित्र १७ जना रहेको लामाले बताएका छन् । लामाका अनुसार पहिलो दिन वडा नं. ९ बाट शुरु गरेको
हो । पहिलो दिन ४ जनाको टेस्ट गरेकोमा ४ जनाकै नेगेटिभ आएको उनले बताए ।

चैत्र महिनाभन्दा केही समय अगाडी आएको समेत गरी गाउँपालिकाभित्र २४ जना भए पनि पहिले चैत्र महिनाभित्र आएको मात्र टेस्ट गरेको अध्यक्ष लामाले बताएका छन् । टेस्ट किड कम भएकाले चैत्र महिनाभित्र आएको व्यक्तिहरूको मात्र टेस्ट गरेको उनको भनाई छ ।

‘हामीले चैत्र महिनाभित्र बिदेशबाट आएका व्यक्तिहरूको टेस्ट गर्न शुरु गरेका छौँ ।’ लामाले भने, ‘चैत्र महिनाभित्र बिदेशबाट आएका व्यक्तिहरू १७ जना रहेको छ । उनीहरूको टेस्ट गर्ने हो त्यो भन्दा पहिला आएकाहरूको टेस्ट गर्न टेस्ट किडको कमीले गर्दा हामीले सकेका छैनौ ।

अहिले हामीसँग जम्म २० वटा टेस्ट किड रहेको छ ।’ सोमबार र मंगलबारसम्ममा सबैको टेस्ट गरी सकाउने तयारीमा रहेको लामाले बताए ।

प्रतिक्रिया