• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

बेलायतबाट फर्की सनसिटी बस्ने ३ जनामा कोरोना आशंका


  • खुला नेपाल
  • सोमवार, बैशाख १, २०७७
  • 5.6K
    SHARES

काठमाडौं । काठमाडौंस्थित सनसिटी अपार्टमेन्टको १५ औँ तलामा रहेको एक परिवारमा कोरोना पोजेटिभ हुन सक्ने देखिएपछि उक्त अपार्टमेन्टमा सिल गरिएको छ ।

उक्त अपार्टमेन्टमा कम्तिमा पनि पाँच सय परिवार रहेको अनुमान छ ।

अहिले प्रहरीले भित्रबाट बाहिर र बाहिरबाट भित्र जान दिएको छैन । प्रहरी डीआईजी विश्वराज पोखरेलका अनुसार अहिले प्रहरीले उक्त भवनमा सिल गरेको छ । पोखरेलका अनुसार उक्त तीनजनाको परिवार चैत ३ गते बेलायतबाट आएको थाहा भएको छ ।

र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा कोरोना पोजेटिभको लक्षण देखिएको हो ।

उनीहरुलाई त्यहाँबाट लगेर पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ

पाटन अस्पतालका निर्देशक डा.विष्णुप्रसाद शर्माका अनुसार र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा कोरोना परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइसोलेसनमा राखिएको हो ।

प्रतिक्रिया