• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

भारतमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो, दिल्लीका ५५ स्थान शील


  • खुला नेपाल
  • बुधबार, बैशाख ३, २०७७
  • 9.8K
    SHARES

एजेन्सी । भारतको राजधानी दिल्लीको थप आठ स्थानमा शील गरिएको छ । योसँगै दिल्लीका ५५ क्षेत्र सील भएका छन् ।

दिल्लीमा मंगलबार कोरोना भाइरसका नयाँ संक्रमित ५१ जना भेटिएका छन् । दिल्लीमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या १ हजार ५ सय ६१ पुगेको छ । मृत्यु हुनेको संख्या ३० पुगको छ ।

दिल्लीमा कुनै पनि नयाँ क्षेत्रमा संक्रमणको मामिला भेटिने बित्तिकै उक्त क्षेत्र शील गर्न सरकारले आदेश दिएको छ ।

भारतको महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित देखिएका छन् । त्यहाँ २ हजार ६ सय ८७ जनामा संक्रमण देखिएको छ भने १ सय ७८ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमितको कुल संख्या ११ हजार ४ सय ३९ पुगेको छ भने ३ सय ७७ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये १ हजार १ सय ९० जना भने निको भएका छन् ।

प्रतिक्रिया