• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

न्युर्योकबाट डेइजी शेर्पाको सुझाव- ‘कोरोना भगाएकाहरुबाट पाठ सिकौं । नलुकाऔं’


  • खुला नेपाल
  • शुक्रबार, बैशाख ५, २०७७
  • 31.1K
    SHARES

सारा संसार कोरोना महामारीबाट आक्रान्त भइरहेको छ । म पनि त्यही संसारको एउटा शक्तिशाली मानिने राष्ट्र अमेरिकाको एउटा कहिल्यै नसुत्ने राज्य न्युयोर्कमा एक महिनादेखि होम क्वारिन्टिनमा थन्किएको छु ।

यहाँ मेरो मात्रै नभएर सम्पूर्ण न्यूयोर्केहरुको दिन चर्या उस्ता उस्तै तरिकाले बितेको पाउँछु । घरमा चाहिने खाद्यान्न, दैनिक उपभोगको सरसामान सक्ने जति सबैले थुपारे, जुन प्राय जसो आपत बिपतमा सबैले गर्थे । तर अचानक यो महामारीले गर्दा सोसियल डिस्टयान्सिङ्, मास्क, ग्लोब्स, ह्यान्ड सोप, डिस इन्फेक्टिङ इस्प्रे र वाइप्स, हयान्ड स्यानिटाइजर अचानक अर्को आवश्यकता हुन पुगेको अवस्था छ ।

न्युयोर्क राज्य अमेरिकाको एपिसेन्टर बन्यो । त्यती मात्रै हैन न्यु यर्कको कुइन्स काउन्टी, जहाँ म एक दशक देखी बस्दै आइरहेको छु त्यहीँ सबै भन्दा बढी मानविय क्षति भएको छ अहिले सम्मको आँकडा हेर्दा ।

न्युयोर्कमा लगभग ४ हजार मानिसहरु घर भित्रै मरेको तथ्यॉक बाहिर आए सँगै अब कती नेपालीको दुखद खबर बाहिर आउने हो त्यो अर्को नयाँ डर पैदा भएको छ हाम्रो यहाँको नेपाली समुदायमा । अस्पतालले भर्ना नलिए पछी घरमै उपचार गर्दै बसेक एक नेपालीको कोरोनाकै कारण ज्यान गुमेको खबरले मन दुखी तुल्याएको छ । यो भन्दा अगाडी पनि अर्का एक जना नेपालीको कोठा भित्रै मृत्यु भएको थियो जस्को एक दिन अघि मात्रै सनाखत भएको हो ।

न्युयोर्कमा धेरै नेपालीहरुलाई कोरोना संक्रमणले छाएको छ । म आफ्नो परिवार्सँग सुरक्षित घरमै बसेको महिना दिन भइसकेछ। यो अबधिमा मैले आफुसँग प्राय कुरा गरिरहने, फेसबूक मा एक्टिभ भइरहने साथीभाइ, आफ्न्त सबैको अवस्था पत्ता लगाएँ भने केही साथी भाईहरु अचानक सम्पर्कमा आउन नचाहेको पनि पाएँ ।धेरै कोसिस गरेपछी थाहा पाएँ की उहाँहरुलाई पनि कोरोना रोगले ग्रस्त बनाएको रहेछ र घरमै बसेर उपचार गरी निको पनि भइसकेको रहेछ। उहाँहरु अहिले मेरो सम्पर्कमा हुनुहुन्छ ।

यसरी रोग लुकाएर बसेका अरु पनि कयैन होलान् । म संक्रमित भएको छु भन्ने हिम्मत राखेको भए मृत्यु हुने ति दुबैजनाले उपचार पाएर बाच्थे होलान् । रुघा खोकी लाग्दा गरिने उपचार पद्ध्तीले नै निको हुने यो रोग लुकाउनु पर्ने म केहि कारण देख्दिन ।यो रोग लज्जाको विषय बिल्कुल होइन र हुन दिन पनि हुँदैन । यो रोग लागि हाले पनि आत्मबल बलियो राखेर घरेलु उपचार बाटै बाँच्न सकिन्छ भन्ने कुरा हामीले यो रोगलाई पराजित गरेपछी सार्वजनिक हुनु भएका आधा दर्जन भन्दा बढी नेपालीहरुबाट सिक्ने मौका पाइसकेका छौं। मृत्युको मुखबाट बाँचेर फर्किनु भएका उहाँहरु सबैजनालाई पूर्ण स्वास्थ लाभको कामना समेत गर्दछु ।

रोगबाट संक्रमित भएको छु भन्ने थाहा पाउनेहरुको मनस्थिती त म कल्पना समेत पनि गर्न सक्दिन तर संक्रमित भएर पनि सार्बजनिक हुने हिम्म्त गरेका भए ती संक्रमितहरुसँग त्यो अबधिमा नजिक आएकाहरुले पनि सतर्कता अपनाउन सक्थे कि ? यो महामारी रोगलाई परास्त गरी सकेपछी मात्रै सार्बजनिक भएर ढिलै भएपनि हाम्रो नेपाली समुदायमा आफुले अपनाएका उपचार पद्द्ती सिकाइ रहनु भएका छन् जसबाट धेरैले फाइदा लिइरहेका पनि छन् ।संक्रमितहरुले सार्वजनिक हुन नचाहनु उहाँहरुको ब्यक्तिगत अधिकारको कुरा हो । सार्बजनिक हुनै पर्छ भन्ने पनि भएन ।

अमेरिकामा राष्टिय संकटकाल घोषणा गरेको एक महिना पूरा भइसकेको छ । अझै कती दुखद समाचार आउने हो त्यो अनुमान पनि गर्न चाहन्न म । बस यती चाहन्छु कि अबको दिनमा सन्क्रमितहरु कोहि पनि लुकेर नबसुन ।कोही पनि चाहेर सन्क्रमित बन्दैनन । यदी यो अदृस्य भाइरस सँग जुधी रहनु भएका कोहि नेपालि सामाजिक रुपमा बहिस्कृत हुने, वाहियात् डर , बसिरहेको ठाउँ छाड्नु पर्ने डर वा काम गुमाउनु पर्ने डरले स्वयम अदृस्य भएर बसी रहनु भएको छ भने त्यो अर्को भुल हुनेछ । कमसेकम आफ्नो नजिकका केहि ब्यक्तीलाई मात्र भए पनि जानकारी दिएको खण्डमा धेरै प्रकारको सहयोग मिल्ने अवस्था छ।

बिरामीको स्वास्थ्य अवस्था अनुसार खाना, पानी, दबाई, डक्टर र अस्प्ताल सम्म लगि दिन थुप्रै नेपाली सङ्घ सॅस्था तथा ब्यक्तिह्ररु सकृय भइसकेको हुनाले अबको दिनमा लुक्नु पर्ने अवस्था म देख्दिन । त्यती मात्र नभै राज्यले नै कोभिड १९ कै लागि भनेर बिभिन्न प्रकारको राहत सुबिधा पनि दिन थालिसकेको छ । सङ्घिय सरकार तथा राज्यबाट बेरोजगारी बिमा लगायत निशुल्क, तयारी खाना दिने काम भैरहेको हुनाले स्थिति त्यती खराब पनि देख्दिन म । अहिले आएर हाम्रो नेपालीहरुको माझ चिर परिचित गर्व गर्न लायक एउटा उदाहरणीय सँस्था ‘शेर्पा किदुग्’ ले रासनपानी बाँढेको राम्रो खबर पनि आएको छ । अन्य सामाजिक संस्था पनि एक पछि अर्को केही न केही सहयोगमा जुटिरहेका छन् ।

अन्तिममा के भन्न चाहान्छु भने अहिलेसम्मको भोगाईबाट यो संक्रमण आफैभित्र लुकाएर राख्ने होइन, जानकारी दिऔं । र, भगाउनका लागि आफै सचेत र अग्रसर भई जुटौं । संक्रमणबाट जोगिई कोरोनालाई भगाएकाहरुबाट पनि पाठ सिकौं ।

  • शेर्पा न्युर्योकको क्वीन्समा बस्नुहुन्छ ।

प्रतिक्रिया