• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

कोरोनाका कारण १० नेपालीले अमेरिकामा ज्यान गुमाए


  • खुला नेपाल
  • आइतवार, बैशाख ७, २०७७
  • 14.9K
    SHARES

काठमाडौं । कोभिड– १९ को महामारीका कारण अमेरिकामा बासोबास गर्ने अर्का एक नेपालीको पनि ज्यान गएको छ । ३ हप्ताअघि निधन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्यूयोर्कको एल्मस्र्ट अस्पतालमा भएको पुष्टि भएसँगै अमेरिकामा निधन हुनेको नेपालीको सङ्ख्या १० पुगेको हो ।

केही महिनादेखि अमेरिकामै बसोबास गर्दै आएका महेश अमात्यको ७० वर्षको उमेरमा गत बिहीबार न्यूयोर्कको रिजउडमा र बुधबार उडसाइडमा पवन मल्लको निधन भएको थियो । शुक्रबार एक अर्का नेपालीको निधन भएको छ, तर अस्पतालले अधिकारिक रूपमा यसको पुष्टि नगरेको भन्दै परिवारका सदस्यले नाम सार्वजनिक नगरिदिन आग्रह गरिरहेको वासिङटनस्थित रासस संवाददाता मधुकर अधिकारीले जनाउनु भएको छ । कोरोना भाइरसको ‘इपिसेन्टर’ का रूपमा रहेको न्यूयोर्कमा भएको मृत्युपश्चात उनीहरुको दाहसंस्कारको प्रक्रियामा रहेको छ ।

अहिलेसम्म केही व्यक्तिको सद्गति भइसकेको र सोनाम लामाको भने कोही आफन्त सम्पर्कमा नआउनुभएका कारण शव यकिन गर्न नसकिएको मेरिल्याण्ड जनरल एसेम्बलीका विधायक ह्यारी भण्डारीले बताउनु भएको छ । भण्डारीले स्थानीय निकाय र शवदहन गृहसँगको समन्वयमा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न समन्वयकारी भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

यसैबीच भण्डारीले नेपालीलगायत सबैको निधन दुःखद् भन्दै दिवङ्गत भएका र आर्थिक अभावमा रहेका नेपालीका लागि गैरनाफामूलक संस्थासँगको सहकार्यमा अन्तिम संस्कार गर्न सहयोग गर्दै आएको जानकारी दिनुभएको छ । कोरोना भाइरसका कारण निधन हुनेहरुमा अनिल लिम्बू, अजय छेचुंन, निमा टेम्बा शेर्पा, राजकुमार थापा, थोक्मे विस्ट र सोनाम लामा रहनुभएको थियो ।

एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा सञ्जीव सापकोटाका अनुसार विश्वव्यापीरूपमा भए जस्तै सङ्क्रमितमध्ये २५ देखि ३० प्रतिशतभन्दा बढी नेपालीले आफूलाई सङ्क्रमणबाट मुक्त गराउन सफल हुनुभएको आँकडा रहेको बताउनु भयो  यसअघि अमेरिकामा करिब ५०० नेपाली सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक भएको थियो ।

प्रतिक्रिया