काठमाडौं । उदयपुरमा थप ११ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या अब ४२ पुगेको छ ।
उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा मंगलबार साँझ १०जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि मंगलबार दिउँसो पनि एक जना व्यक्तिमा कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो । उनीहरुको वतन र उमेर आइनसकेको स्रोतले जनाएको छ ।
उता, कोरोना संक्रमित पाँचौ व्यक्ति पनि डिस्चार्ज भएका छन् । उनी सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित हुन् ।
३४ युवक मंगलबार साँझ सञ्चो भएर अस्पतालबाट घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
धनगढी उपमहानगरपालिका– ५ घर भएका उनी ३० दिनअघि अस्पताल भर्ना भएका थिए। लगातार दोस्रो रिपोर्ट नेगेटिभआएपछि डिस्चार्ज गरेको अस्पतालका प्रवक्ता डा जगदीश जोशीले जानकारी दिए ।
दुबईबाट आएका उनी चैत ११ गते सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका थिए। चैत १४ गते कोरोना पुष्टि भएको थियो।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
