• बिहिबार, अशोज २२, २०८३
  • Thursday 8th October 2026

मध्यरातमा पार्टी एकता, नाम जनता समाजवादी


  • खुला नेपाल
  • बुधबार, बैशाख १०, २०७७
  • 11.3K
    SHARES

काठमाडौँ । मध्यरातमा समाजवादी पार्टी र राष्ट्रिय जनतापार्टी बीच एकता भएको छ । एकीकृत नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राख्ने सहमति भएको छ ।

चार बुँदे सहमति पत्रमा पार्टी एकीकरण समानताको आधारमा गरिने उल्लेख गरिएको छ भने एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दौ आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुने भनिएको छ ।
एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ ।

सहमति पत्रमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादी पार्टीको तर्फबाट डा बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै दुई दलले आ–आफ्नो पार्टीलाई सम्भावित विभाजनबाट जोगाउन पार्टी एकीकरण गरेका हुन् । यद्यपी समाजवादीभित्र यो प्रक्रियामा राजकिशोर यादवसहितका नेताले असहमति जाहेर गरी विरोध गरेका छन्।

हेरौं सहमतिपत्र-

प्रतिक्रिया