• बुधबार, अशोज २१, २०८३
  • Wednesday 7th October 2026

राजपा र समाजवादीद्वारा निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन


  • खुला नेपाल
  • बिहिबार, बैशाख ११, २०७७
  • 17.1K
    SHARES

काठमाडौं । मध्यरातमा पार्टी एकताको सहमती गरेका राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन् ।

दुई पार्टी एकतापछिको ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको हो । बिहीबार बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा दर्ता नम्बर १३८८ हो ।

दुवै दलका अध्यक्षसहित नेताहरुको टोली पुगेर कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी एकताको औपचारिक जानकारी दिएका हुन् ।

राजपा र समाजवादी पार्टीबीच बुधबार अबेर पार्टी एकीकरणको सहमति भएको थियो । अब एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टै हुनेछ । त्यस्तै झण्डा मसाल अंकित यसअघीको समाजवादीको हुनेछ भने चुनाव चिह्न राजपाको छाता हुनेछ ।

दर्ताका लागि आयोगमा बुझाइएको निवेदनमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारी र समाजवादीका तर्फबाट उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया