काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणमा परेका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने आमाछोरा उपचारपछि बिहीबार घर फर्किएका छन् । उहाँहरु आमा ८१ वर्षीया र छोरा ८१ वर्षीय पाटन अस्पतालको आसोलेसनमा उपचाररत हुनुहुन्थ्यो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यससम्बन्धी जानकारी मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको हो । उहाँहरु झन्डै महिना दिनअघि बेलायतबाट फर्केर सनसिटी अपार्टमेन्टमा बस्दै आउनु भएको थियो ।
सोही बेला उहाँहरुको आरडीटी परीक्षणमा पोजेटिभ देखिएपछि स्वाब टेस्ट गरिएको थियो । त्यसमा उहाँहरु आमा छोरामा कोरोना पोजेटिभ देखिएको थियो भने बुहारीको चाहिँ नेगेटिभ देखिएको थियो । त्यसपछि आमाछोरालार्य पाटन अस्पताल भर्ना उपचार गरिएको थियो ।
यसैबीच आज कोरोना संक्रमिछ दुई जना थपिएका छन् । उहाँहरु एक महिला र एक पुरुष हुनुहुन्छ । अब नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४७ पुगेको छ । संक्रमितमध्ये बिहीबार डिस्चार्ज २ सहित आजसम्म ९ जना उपचारपछि घर फर्किसक्नु भएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
