काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसदमा बहुमत सदस्यको हस्ताक्षरसहित साँझको नेकपा सचिवालय बैठकमा सहभागी हुने भएका छन् । त्यसका लागि बालुवाटारमा सरकारका पक्षमा ८५ जना सांसदको हस्ताक्षर भइसकेको छ ।
बालुवाटार पुग्दै हस्ताक्षर गर्ने क्रम चलिरहेको, कोही उपत्यका बाहिरबाट आउँदै गरेकाले एक सय भन्दा बढीको हस्ताक्षर हुने सांसद महेश बस्नेतले खुलानेपाललाई जानकारी दिए ।
पार्टीभित्र अर्का अध्यक्ष प्रचण्डको नेतृत्वमा अविश्वासको प्रस्ताव ल्याउने तयारी बुझेपछि ओलीले आफ्नो बहुमत उपस्थितिसहित बैठकमा सहभागी हुन लागेका हुन् ।
ओलीलाई पार्टी नेता वामदेव गौतम निकट सांसदहरुले समेत हस्ताक्षर गरेपछि संसदमा सजिलो भएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
