• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

नेविसंघले माग्यो विद्यार्थीलाई निशुल्क इन्टनेट सुविधा


  • खुला नेपाल
  • आइतवार, बैशाख २१, २०७७
  • 23.4K
    SHARES

काठमाडौं । नेपाल विद्यार्थी संघले विद्यार्थीलाई इन्टरनेट सुविधा निशुल्क उपलब्ध गराउन माग गरेको छ ।

लकडाउनले विद्यालय र कलेजको पढाई अस्तव्यस्त भएको बेला निशुल्क इन्टरनेट सेवाको पहल गर्न नेविसंघले आज माग गरेको हो । नेपाल दूरसञ्चार संस्थान र नेपाल दूरसञ्चार प्राधिकरणमा ज्ञापनपत्र बुझाउँदै अनलाइन शिक्षालाई प्रभावकारी बनाउनुपर्ने आवाज उठाएको हो ।

कोरोना भाइरस संक्रमणको त्रासले सम्पुर्ण शिक्षालयहरु ठप्प रहेको अवस्थामा अनलाइन शिक्षा नै अहिलेको माग र आवश्यकता रहेको नेविसंघ अध्यक्ष राजीव ढुगांनाद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

इन्टरनेट सुविधा सर्वसुलभ र सबैको पहुँचमा पुर्याउन नेविसंघले माग गरेको र त्यही अनुसार सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाएको महामन्त्री उर्मिला थपलियाले जानकारी दिनुभयो ।

हाल नेपालमा करिब ७० लाख विद्यार्थी विभिन्न तहमा अध्ययनरत छन् ।

‘नभएको ठाउँमा इन्टरनेट सुविधा छिटो पुर्याउन, भएका ठाउँमा अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्न र विद्यार्थीलाई निशुल्क उपलब्ध गराउन ज्ञापनपत्र बुझाइएको हो, महामन्त्री थपलियाले खुलानेपाललाई भन्नुभयो ।

ज्ञापनपत्र बुझाउन महामन्त्रीहरु थपलिया, दिपक भट्टराई, युवराज पाण्डे र बलदेव तिमल्सिना जानुभएको थियो ।

नेविसंघले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गतको बजेटको सदुपयोग गर्न तथा अन्य आवश्यक प्रबन्ध गर्न समेत आग्रह गरेको छ ।

सबै नियमित अध्ययनरत विद्यार्थीहरुको विवरण सम्बन्धित संस्थाबाट लिने र सम्पूर्ण विद्यार्थीहरुको आइडी बनाई इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन नेविसंघले अनुरोध गरेको छ ।

प्रतिक्रिया