मेरो दारी
कस्लाई के को भारी ?
बढेको देखेर हास्छ्न जोरिपारी !
न छेक्छ केही खान ?
न छेक्छ काहीँ जान ?
मेरो आफ्नो दारी, दुनियालाई किन हो भारी ?
लगाउ बुढी तिमी सारी, नकराउन देखेर मेरो दारी !
यस भित्र लुकेको छ ठूलो जिम्मेवारी !
कराउछ्न केटाकेटी वारिपारी ।
यी सबै मायाका भकारी ।
मेरो दारी हेर्नेलाई के को भारी ?
न यो सिस्नो घारी,
न यो काडां घारी,
कति सुहाएको छ मलाई
आफ्नो लामो दारी !
कोरोनाले बिश्वमा ल्यायो महामारी !
मलाई कति सुहाएको छ
यो कालो दारी !
मेरो दारी कस्लाई के को भारी ? !
sahdev.ray3@gmail.com
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
