• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

काखे नानीसमेत संक्रमित, थप १७ जनामा कोरोना भाइरस पुष्टि


  • खुला नेपाल
  • बुधबार, बैशाख २४, २०७७
  • 11.8K
    SHARES

काठमाडौं । विश्वमै महामारीको रुपमा फैलिएको कोभिड– १९ को संक्रमण नेपालमा पनि भूसको आगोजस्तै फैलिन थालेको छ । यो साता लगातार संक्रमितको संख्या थपिइरहेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार २ महिने काखे नानीमा समेत कोरोना संक्रमण पुष्ठि भएको छ । ती शिशुसहित पर्साका १७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १० पुरुष र ७ महिलामा पोजिटभ देखिएको डा. देवकोटाले बताउनुभयो । संक्रमितमध्ये २ महिनादेखि ६६ वर्षसम्मका भएको पनि उनले जानकारी दिए ।

६ जना डिस्चार्ज
यसैबीच कोसी अस्पतालमा उपचाररत ६ जना कोरोना भाइरस संक्रमित भारतीय नागरिक बुधबार डिस्चार्ज भएका छन् । उनीहरुको परीक्षण रिपोर्ट नेगेटिभ देखिएपछि घर फर्काइएको बुधबारको नियमित पत्रकार भेटमा डा. देवकोटाले जानकारी दिनुभयो । योसँग नेपालमा उपचारपछि निको भएर घर फर्कनेको संख्या २२ पुगेको छ ।

प्रतिक्रिया