• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

अमेरिकामा ७८ हजारको मृत्यु, उपराष्ट्रपतिका सहयोगीलाई कोरोना संक्रमण


  • खुला नेपाल
  • शनिबार, बैशाख २७, २०७७
  • 13.7K
    SHARES

काठमाडौं । अमेरिकाका उपराष्ट्रपति माइक पेन्सका एक शीर्ष सहयोगीलाई कोरोना पोजेटिभ देखिएको छ । यसको एक अगाडि मात्रै ह्वाइट हाउसका एक कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

उपराष्ट्रपति पेन्सका प्रेस सेक्रेटरी केटी मिलरलाई कोरोना संक्रमण देखिएको बीबीसीले जनाएको छ । मिलरलाई कोरोना संक्रमण भएको खबर शुक्रबार बाहिर आएको हो ।

यसअघि राष्ट्रपटि डोनाल्ड ट्रम्पका एक सहयोगीमा कोरोना पोजेटिभ देखिएको थियो । यस घटनापछि ह्वाइट हाउसले दैनिक रुपमा राष्ट्रपति र उपराष्ट्रपतिको कोरोना परीक्षण शुरु गरेको छ ।

ह्वाइट हाउसले राष्ट्रपतिको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सबै सावधानी अपनाइएको दावी गरेको छ ।

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या विश्वमा नै सबैभन्दा धेरै रहेको छ ।

शनिबार बिहानसम्मको तथ्यांकअनुसार अमेरिकामा ७८ हजार ६ सय बढीको मृत्यु भएको छ । यस्तै, संक्रमितको संख्या १३ लाख २१ हजार ७ सय नाघेको छ ।

प्रतिक्रिया