• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

नेपालका लागि बेलायती पूर्व राजदूत मोरिस बेपत्ता


  • खुला नेपाल
  • आइतवार, बैशाख २८, २०७७
  • 27.4K
    SHARES

राजदूत मोरिस नेपालीहरुकाे साथमा । तस्वीर : राजदूत माेरिसको ट्वीटरबाट

काठमाडौं । नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिस बेपत्ता भएका छन् । लण्डनको प्रहरीले उनको खोजीका लागि सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ ।

बुधबार बिहान करिब १०:३० मा दौडिनका लागि बेन्टलीमा निस्किएका मोरिस नफर्केपछि प्रहरीले खोजीकार्य थालनी गरेको छ ।

प्रहरीले छ फिट अग्लो, श्वेत वर्णको, दाह्री पालेको भनी विवरणसहित ५२ वर्षीय मोरिसको हुलिया जारी गरेको छ ।

हेम्पसायर प्रहरी कार्यालयका प्रवक्ताले प्रहरीले आन्तरिकरूपमा खोजीकार्य गरिरहेको भए पनि अब सार्वजनिकरूपमा खोजीका लागि सबैमा अनुरोध गर्नुपर्ने भएका कारणले सूचना जारी गरिएको बताए ।

रिचार्डले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गरेका थिए।

हालै उनलाई फिजीका लागि राजदुत नियूक्त गरिएको थियो। (रासस)

प्रतिक्रिया