काठमाडौं । सत्तारुढ नेकपा सम्बद्ध युवा र विद्यार्थी संगठनले भारतले सीमा मिचेर नेपाली भूमिमा सडक बनाएकोले उक्त काम तत्काल रोक्न पहल गर्न नेपाल सरकारलाई माग राखेको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै दुवै संगठनका नेताहरुले सीमामा काँडेतार लगाउन, सीमा सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि उच्च तहबाट निर्णायक पहल लिन पनि माग छ ।
राष्टिय युवा संघ का संयोजक रामप्रसाद सापकोटा (दीपशिखा), सहसंयोजक रमेश पौडेल, अखिलका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामांगले हस्ताक्षर गरेको ज्ञापनपत्र आज मन्त्री ज्ञवालीलाई बुझाइएको हो ।
त्यसक्रममा ज्ञवालीले यो विषयमा नेपाल सरकारले कुटनीतिक पहल जारी राखेको बताउनुभएको थियो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य


