काठमाडौं । नजिकै कोरोना संक्रमित युवती रहेको पाइएपछि भक्तपुरको नयाँ ठिमी, संखधर चोक आसपास सिल गरिएको छ ।
स्थानीय तहसँगको सहकार्यमा प्रहरी विभिन्न सडक, गल्ली छिर्ने बाटो बन्द गरेको हो ।
ललितपुरको आरोग्य फाउन्डेसनमा कार्यरत कोरोना संक्रमित युवती केही दिनअघि मात्रै सुनसरीबाट आएकी हुन् ।
उनी सुनसरीबाट भक्तपुर आइ ठिमीस्थित नर्स साथीको कोठामा केही दिन बसेकी थिइन् ।
संक्रमित युवती आरोग्य फाउन्डेसनकी कर्मचारी हुन् । भक्तपुरको दुवाकोटमा पनि एक सुरक्षाकर्मीलाई संक्रमण भएको पुष्टी भएको छ । दुई ठाउँमा संक्रमित फेला परेपछि स्थानीयमा त्रासदी बढेको छ ।
उनीलाई कोरोना संक्रमण भएको पाइएपछि बुधवारै पुल्चोकमा रहेका आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सिल समेत सिल गरिएको छ ।
ती युवतीलाई कोरोना संक्रमणको पुष्टि भएपछि एम्बुलेन्समा राखेर मंगलबार साँझ टेकु लगिएको थियो भने एम्बुलेन्समा चालक र युवतीसहित एक युवकसमेत सँगै गएका थिए । चालकले पीपीई लगाएको भएपनि युवकले पीपीई नलगाएको र अस्पताल परिसरमा जथाभावी हिँडेको पाइएपछि दुवै संस्था सिल गरेर सम्पर्कमा आएकाहरुको पीसीआर गर्ने तयारी भएको छ ।
२५ वर्षीया कोरोना संक्रमित ती युवती पास बनाएर सुनसरीबाट मोटरसाइकलमा यही वैशाख २९ गते भक्तपुर आएकी थिइन् ।
सुनसरी, रामधुनी नगरपालिका झुम्का स्थायी घर भई भक्तपुरको सल्लाघारीमा बस्दै आएकी उनी सुनसरीबाट फर्किएपछि भने आफ्नो कोठामा नगएर साथीको कोठामा बसेकी हुन् । उनी झुम्कामा तीन दिन बसेको तर त्यहाँ कहाँ कसलाई भेट्न आएको हो भन्नेबारेमा खोजी भइरहेको बताइएको छ ।
महिला सुनसरीबाट आउँदा नै संक्रमित भएर आएको हुनसक्ने अनुमान गरिएको छ । मोटरसाइकलको पास बनाएर आएकी सङ्क्रमित महिलासंँग आउने पुरुष सुनसरी नै फर्किसकेका छन् । उनीहरु बाटोमा कहाँ कोकोसँग सम्पर्कमा आए तथा मोटरसाइकल चालक को थिए भन्नेबारेमा खोजी भइरहेको बताइएको छ ।
ती युवती काममा फर्किएपछि कोरोना परीक्षणका लागि पठाइएको थियो ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गएर पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमित पाइएपछि मङ्गलबारदेखि टेकु अस्पतालको आइसोलोशनमा भर्ना गराइ उपचार शुरु भइसकेको छ ।
भक्तपुरकी नर्स आइसोलेशनमा
नयाँ ठिमीस्थित कोठामा बसेकी नर्स भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत हुन् ।
उनीलाई आजै भक्तपु्रर अस्पतालमा स्वाब संकलन गरी टेकु पठाइएको छ । उनलाई भक्तपुर अस्पतालकै आइसोलेशन वार्डमा राखिएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
