काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको संख्या सच्याएको छ ।
बिहीबार बिहान नेपालमा थप पाँच जना संक्रमित भेटिएको भन्दै कुल संक्रमति संख्या २ सय ५० पुगेको जनाएको मन्त्रालयले अर्को विज्ञप्ति जारी गर्दै संक्रमितको संख्या २ सय ४५ नै रहेको जनाएको हो ।
मन्त्रालयले यसअघि सार्वजनिक गरेको सूचनामा ५ जना संक्रमित प्राविधिक त्रुटिबस दोहोरिएको भन्दै आँकडा सच्याएको हो । मन्त्रालयले धनुषा, महोत्तरी र सर्लाहीका संक्रमित भएका व्यक्तिको बारेमा दुई पटक जानकारी गराएको हो ।

-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
