काठमाडौं । भारतमा चीनमा भन्दा बढी कोरोना भाइरस संक्रमितको संख्या पुगेको छ ।
भारतमा आइतबार बिहानसम्मको तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या ९० हजार ९ सय बढी पुगेको छ । यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ८ सय ७२ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
चीनमा भने यो अवधिसम्ममा ८२ हजार ९ सय बढी संक्रमित भएका छन् भने ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।
भारतमा शनिबार एकैदिन ४ हजार ७ सय ९२ जना कोरोनाका बिरामी थपिएका छन् । महाराष्ट्र कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ मात्रै ३० हजार संक्रमित छन् ।
यसैबीच, पञ्जाबमा आगामी मे ३१ सम्मलाई लकडाउन लम्ब्याइएको छ । त्यहाँ जारी गरिएको कफ्र्यू आदेश भने मे १८ बाट हटाइने छ ।
यस्तै भारतमा १५ मेदेखि अहिलेसम्म विभिन्न जिल्लामा अलपत्र परेका १४ लाख मजदुरलाई उद्दार गरेको छ । १० हजार ७४ विशेष रेलमार्फत उनीहरुलाई आफ्नो गन्तव्यमा पु¥याइएको जनाइएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
